डिपीएल : चौराहको लगातार दोस्रो जित, महेन्द्रनगर ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

डिपीएल : चौराहको लगातार दोस्रो जित, महेन्द्रनगर ८ विकेटले पराजित

dpl

धनगढी, २० चैत । धनगढी प्रिमियर लिग क्रिकेटमा टीम चौराह धनगढीले लगातार दोस्रो जित हात पारेको छ । डिपीएल अन्तर्गत आजको खेलमा टीम चौराहले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको छ ।

१ सय ३२ रनको लक्ष्य पछ्याएको टीम चौरहले १८ ओभर खेल्दै दुई विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । टीम चौराहका लागि ओपनर सुनिल धमलाले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४६ रन बनाए । ४७ बलको सामना गरेका धमलाले ३ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, रोहन मुस्तफाले ३९ रन बनाउँदा अर्का ओपनर अश्फक अहमदले ३० रन बनाए । सोनु तामाङ १५ रनमा अविजित रहे । महेन्द्रनगरका अभिनाष कर्ण र पुनित मेहराले समान १–१ विकेट लिए ।

यसअघि एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । २२ रन हुँदा पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई गुमाएको महेन्द्रनगरले लगतै हरिशंकर शाहंलाई गुमाएको थियो । २५ रन हुँदा कप्तान विनोद भण्डारी ११ रन बनाउँदै पेभिलियन फर्किए ।

महेन्द्रनगरको ४७ रन हुँदा ५ विकेट पतन भईसकेको थियो । मेहन्द्रनगरको इनिङ्स पुनित मेहरा र भुवन कार्कीले उकासेका थिए । पुनितले ४० रन बनाए भने भुवन कार्की अन्तिम बलमा रनआउट हुनुपूर्व ३२ रन बनाए । महेन्द्रनगरका लागि पुनित विष्टले २४ रन बनाएका थिए । टिम चौराहका ललित भण्डारीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, कप्तान सोमपाल कामी र सामसद शेखले समान १–१ विकेट लिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);