अभिषेश वल्र्ड टेनिस फेडेरेसनको वरियतामा सूचिकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अभिषेश वल्र्ड टेनिस फेडेरेसनको वरियतामा सूचिकृत

काठमाडौं । अमेरिकामा बसेर व्यवसायिक रुपमा टेनिस खेल्दै आएका अभिषेक बाँस्तोला वल्र्ड टेनिस फेडेरेसन (आइटिएफ) वरियताको १ हजार ९ सय ३० औं स्थानमा अटाएका छन् ।

अघिल्लो सातामात्र काठमाडौंमा सम्पन्न सिटिजन बैंक राष्ट्रिय खुला टेनिस प्रतियोगिताको च्याम्पियन बनेका अभिषेक आइटिएफको वरियतामा सूचिकृत भएका हुन । उनले हालसम्म विभिन्न १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगिता खेलिसकेका छन् । यससँगै अभिषेक आइटिएफ वरीयतामा पर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

१३ वर्षकै उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका उनले टेनिसको यात्रा ८ वर्षको उमेरबाट गरेका थिए । अभिषेकले हालसम्म यु–१४ विश्व च्याम्पियनसिपको समूह २, आइटिएफको मेन ‘ड्र’ ग्रेड १ देखि ५, दक्षिण एशियाली खेलकुद, एसियन्स गेम्स लगायताका प्रमुख प्रतियोगिता खेलेका छन् ।

अभिषेकले सन् २०१७ मा राष्ट्रिय लन टेनिस प्रतियोगितको उपाधि पनि जितेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);