बार्सिलोना ४ र आर्सनल १४ बर्षपछि पहिलो पटक अन्तिम ८ मा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बार्सिलोना ४ र आर्सनल १४ बर्षपछि पहिलो पटक अन्तिम ८ मा

काठमाडौं,३० फागुन । स्पेनिस क्लब बार्सिलोना ४ वर्ष पछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो लेगमा इटालिको नापोलीलाई‌ ३–१ गोल अन्तरले हराएपछि समग्रमा ४–२ को औसतमा जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा पुगेको हो । नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले राम्रो सुरुवात गर्यो । १५औं मिनेटमा राफिन्हाको क्रसमा फर्मिन लोपेजले गोल गर्दै खेलमा बार्सिलोनाका लागि अग्रता दिलाए ।

त्यसको २ मिनेट लगत्तै राफिन्हाको प्रहार पोस्टमा लागेर फर्किएपछि जोआओ क्यान्सेलोले रिबाउन्डमा गोल गर्दै अग्रता दोब्बर गराए । ३०औं मिनेटमा अमिर रहमानीले गोल गर्दै नापोलीलाई खेलमा फर्काएका हुन् । तर ८४औं मिनेटमा सर्जी रोबर्टोको पासमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे ।

यसैगरी इ.ग्लीस क्लब आर्सनल पनि १४ बर्षपछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलको एफसीपोर्टालाई पाखा लगाएर आर्सनल सन् २०१० पछि पहिलो पटक युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार सार्वजनिक हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);