फुटबल रद्द गर्ने निर्णयबारे पुनर्विचार गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

फुटबल रद्द गर्ने निर्णयबारे पुनर्विचार गरिने

football

एजेन्सी, १३ जेठ
फ्रान्सको पहिलो श्रेणीको फुटबल क्लब लियोनका अध्यक्ष जिन मिसेल औलासले फ्रेन्च लिग वान फुटबल रद्द गर्ने निर्णयबारे पुनर्विचार गर्न सरकारसंग आग्रह गरेका छन् । अध्यक्ष जिनले फ्रान्सका प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेख्दै सिजन चाँडै अन्त्य गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

कोरोना भाईरसको महामारीको कारण गत अप्रिल २ मा फ्रेन्च लिग रद्द भएको घोषणा गरिएको थियो । लिग रद्द भएसँगै शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन बनेको थियो ।

अध्यक्ष जिनले जर्मनीमा बुन्डेसलिगा मे १६ बाट शुरु भइसकेको तथा इंग्ल्याण्ड,स्पेन,इटाली,रुस र पोर्चुगलमा राष्ट्रिय लिग फुटबल सुचारु गर्न प्रशिक्षण थालिएको अवस्थामा फ्रान्समा चाँडो रद्द गरेर व्यवसायिक फुटबलको अवमूल्यन गर्न नहुने तर्क राखेका छन् ।

उनले फ्रेन्च लिग वान फुटबल रद्द गर्ने निर्णय पुनर्विचार गरेर जुन २ बाट प्रशिक्षण गर्न सकिने तथा जुलाई,अगष्टमा लिग सकाउन सकिने सुझाव पनि दिएका छन् । यस सिजनको लिग रद्द हुँदा लियोन सातौं स्थानमा रहेको थियो । जसको कारण लियोन युरोपियन छनोट खेल्न बन्चित भएको थियो ।

ताजा समाचार