एन्फाको तीन महिने कार्ययोजना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एन्फाको तीन महिने कार्ययोजना सार्वजनिक

काठमाडौं, २५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसनबिनाको लिग गर्ने आफ्नो निर्णयमा कम्तिमा यो सिजनका लागि पुनर्विचार गर्न नसकिने प्रष्ट पारेको छ ।

एन्फाका प्रवक्ता किरण राईले एन्फाको तीन महिनाको कार्ययोजना सार्वजनिक गर्दै यस सिजनका लागि तय गरिएको लिगबारेको निर्णय पुनर्विचार नहुने प्रष्टयाएका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पत्रकार सम्मेलन गरी उनले पाँच वर्षको अन्तरालपछि पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग फुटबल आगामी असोज १४ गतेदेखि सुरु हुन लागेको जानकारी दिए ।

एन्फाले विदेश बिभाग प्रमुख नवीन पाण्डे विदेशी नागरिक नभएको दावी पनि गरेको छ । प्रवक्ता राईले पाण्डे गैरआवासीय नेपाली भएको र गैरआवासीय नेपालीसँग सहकार्य गर्न उनलाई विदेश विभाग प्रमुखका नियुक्त गरिएको पनि स्पष्ट पारे ।

एन्फाको विशेष साधारणसभा आगामी साउन ३० गते चितवनमा हुँदैछ । प्रवक्ता राईले विशेष साधारण सभाले संघीयता अनुकूल एन्फाको विधान बनाउने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);