को होलान् एन्फाको प्रवक्ता ?  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

को होलान् एन्फाको प्रवक्ता ? 

काठमाडौं। निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भए । ६ असारमा भएको चुवानी साधारणसभामा बहुमतसहित विजयी भएका नेम्बाङले दोस्रो दिन (८ असार) मा सपथसँगै औपचारिक कार्यसमिति बैठक समेत राखे । पहिलो बैठकबाटै नेम्बाङले चुनावमा माहोल बनाएकाहरूलाई महासचिव, कोषाध्यक्ष तथा विदेश विभागको जिम्मा दिए । महासचिवमा अघिल्लो कार्यसमितिमा प्रवक्ता जिम्मेवारी पाएका किरण राईले नियुक्ति पाए । कोषाध्यक्षमा रविन्द्र जोशीले नै निरन्तरता पाए । यता, विदेशी सम्बन्ध प्रमुखमा नवीन पाण्डे पुनः दोहोरिए । अघिल्लो कार्यसमितमै जर्मन नागरिकलाई नियुक्ति दिएपछि तत्कालिन अध्यक्ष कर्माछिरिङ विवादमा तानिएका थिए । अध्यक्षलाई आफ्नो वरियता भन्दा तल राख्न थालेपछि कर्माले पनि पाण्डेको कुरा कम सुन्न थाले । यसपछि पाण्डेले आफ्नो बोली नबिकेको ठान्दै राजीनामा दिए ।तीन नियुक्ति पहिलो बैठकबाटै गरेपछि विवाद भयो । पूर्वअध्यक्ष गणेश थापाले त सामाजिक संजालमा पाण्डेको नियुक्ति विधान विपरित भएको भन्दै आरोपनै लगाए । त्यति लेखेपछि थापाले पाण्डेलाई फेसबुकबाट ‘ब्लक’ नै गरे । उनै थापा र पाण्डेसहितको टिमबाट अध्यक्षमा निर्वाचित नेम्बाङ हाल निकै तनावमा छन् । पाण्डेका अनुसार काम भए थापा रिसाउने । थापाका अनुसार काम भए पाण्डे रिसाउने । जसका कारण केही नियुक्ति अझै हुन सकेको छैन । हाल एन्फाको प्रवक्ताको विषयमा ठूलै रस्साकस्सी चलिरहेको छ । कसलाई नियुक्त गर्ने भनेर । हाल प्रवक्ताका लागि थापा पक्षबाट सुरेश शाह देखिएका छन् । शाह नै बलिया प्रत्यासी समेत भएको फुटबल जानकारहरू बताउँछन् । निर्वाचत समितिमा रहेका बद्री भट्टराई समेत एन्फा प्रवक्ताको प्रत्यासी देखिएका छन् । उनी पाण्डे र नेम्बाङ पक्षबाट दाबेदार छन् । तर, चार वर्षका लागि निर्वाचन समितिमा रहेका भट्टराई प्रवक्ता हुन नसक्ने जानकार बताउँछन् । ‘आगामी चार वर्षका लागि निर्वाचन समितिमा बसेको मान्छे कसरी प्रवक्ता हुन्छ ?, अझ चुनावको पूर्ण नतिजा आएको छैन ।’ एन्फा स्रोत भन्छ ।

हालसम्म १३ सदस्यमध्ये ११ निर्वाचित भएका छन् । बाँकी चार सदस्यको सामान ३९ मत आएपछि विशेष साधारणसभाबाट दुईको टुंगो लाग्ने भएको छ । यसैले पनि भट्टराईको नियुक्ति गर्न नहुने जानकार बताउँछन् ।

यता, शाह भने वरिष्ठ पदका उम्मेदवारी नदिइ प्रवक्ताको पर्खाइमा थिए । पाँचथर फुटबल संघका अध्यक्ष समेत रहेका शाहलाई कर्मा समूहबाट उपाध्यक्ष प्रस्ताव नआएको पनि हैन । तर, तत्कालिन समय एक नम्बर प्रदेश एक ढिक्का भएपछि शाहले यस टिमलाई छाड् सकेनन् । तर, भट्टराईको ‘इन्ट्री’ सँगै शाह तनावमा छन् । अब, बस्ने एन्फाको कार्यसमिति बैठक मिति भने तय भएको छैन । विधानअनुसार सात दिनअघि नै केन्द्रीय सदस्यलाई एजेण्डा पठाउनु पर्ने हुन्छ । तर, त्यसअघि भट्टराई वा शाहको प्रवक्ता हुनेछ त्यसको भने दौडधुप सुरु भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);