डब्लुएचओद्धारा हाइड्रोक्साइ क्लोरोक्लिनको परिक्षणमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डब्लुएचओद्धारा हाइड्रोक्साइ क्लोरोक्लिनको परिक्षणमा रोक

corona virous

एजेन्सी,१३ जेठ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको सम्भावित उपचारका लागि हाइड्रोक्साइ क्लोरोक्लिनको परिक्षणमा रोक लगाएको छ । डब्लुएचओकोले औलो विरुद्ध प्रयोग गरिने उक्त औषधिको बारेमा अध्ययन जारी रहेकाले अहिले परिक्षण गर्न रोक लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

डब्लुएचओका निर्देशक डाक्टर टेड्रेस एडहानमले मलेरिया र लुपसका बिरामीलाई हाइड्रोक्सि क्लोरोक्विन र क्लोरोक्विनको प्रयोग गर्न सकिने भएपनि कोरोनाका बिरामीमा उक्त औषधी परीक्षणमा रोक लगाएको बताउनु भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार उक्त औषधि कोरोना संक्रमितलाई प्रयोग गर्न सकिने बताएपनि यसले मुटुमा समस्या आउने डब्लुएचओको दावी छ । गतहप्ता सार्वजनिक भएको एक अध्ययन अनुसार हाइड्रोक्सि क्लोरोक्विनले कोरोना संक्रमितको उपचारका कुनै असर नगर्ने र मृतकको संख्या अझै बढाउन सक्ने बताइएको छ ।

डब्लुएचओले कोरोनाको संक्रमण फेरि पनि दोहोरिन सक्ने चेतावनी समेत दिएको छ । भाइरस नियन्त्रणका लागि प्रयासहरु जारी रहेपनि सावधानी नअपनाए फेरि पनि यसले विश्वमा महामारीको रुप लिन सक्ने डब्लुएचओले चेतावनी दिएको हो । विश्वका केही देशमा भाइरसका नयाँ संक्रमितको संख्या घट्दै गएपनि त्यसप्रति ढुक्क भइहाल्ने अवस्था भने नरहेको डब्लुएचओको भनाइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);