अर्जेन्टिनाद्वारा इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अर्जेन्टिनाद्वारा इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द

argentina-israel

एजेन्सी, २३ जेठ । विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ । इजरायल र प्यालेस्टाईनबीचको तनाव र गाजा क्षेत्रमा ईजरायली सेनाको ज्यादतीबारे प्रश्न उठेपछि अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको हो ।

राजनीतिक र अन्य केही दबाबले विश्वकप पूर्व ईजरायलसँग खेल्ने तय भएको अभ्यास खेल रद्द गर्नुपरेको अर्जेन्टाइनी खेलाडी गोन्जालो हिग्वेनले पुष्टी गरेका छन् । गाजा क्षेत्रमा जारी हिंसाका कारण खेल रद्द गरिएको हो । गाजामा रहेका प्यालेस्टाइनीमाथि इजरायलको व्यवहार गलत भएको भन्दै इजरायलमाथि राजनीतिक दबाव छ ।

हिग्वेनले खेल रद्द भएर राम्रो भएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनाका सञ्चारमाध्यमले पनि खेल रद्द भएको समाचार प्रसारण गरिरहेका छन् । इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन । खेल यही शनिबार हुने कार्यतालिका रहेको थियो । रमल्लाहमा प्यालेस्टाइन फुटबल एशोसियसनले लियोनल मेस्सीसहित अर्जेन्टिनी फुटबल टोलीको तस्वीरसहित पोस्टर टाँगेर खेल रद्द गर्न माग गरेको थियो ।

गत सोमबार एशोसियसनका अध्यक्ष जिबरिल रजोबले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई चिठी लेखेर मैत्रीपूर्ण खेलको विरोध जनाएका थिए । इजरायलले यो खेललाई राजनीतिक रुपमा प्रयोग गर्न खोजेको प्यालेस्टाइनको आरोप थियो । खेल रद्द भएपछि प्यालेस्टाइनले अर्जेन्टाइन निर्णयको स्वागत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);