हङकङसँगको खेल रद्द भएपछि नेपाल डिभिजन टूमा घटुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ३० असोज । विश्व क्रिकेट लिग अन्तर्गत हङकङ र नेपाल बिच सोमबार हुने भनिएको खेल फेरि वर्षाका कारण रद्द भएपछि नेपाल डिभिजन टूमा घटुवा भएको छ ।

आइतबार हुने भनिएको खेल समुद्री आँधीका कारण सोमबारको लागि सार्न परेको थियो । आँधी पछि आएको वर्षाका कारण सोमबार पनि छैटौं चरणको दोस्रो खेल रद्द भएको हो।

दुवै टोलीले समान १ १अंक पाएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो । हारसँगै नेपालको विश्वकप छनोटमा पुग्ने सम्भावना कमजोर भएको छ । अर्को वर्ष हुने विश्व कप छनोटमा पुग्नका लागि हङकङसँगको खेल महत्वपूर्ण थियो ।

छनोटमा पुग्नका लागि अंक तालिकाको शीर्ष ४ मा पर्नुपर्ने हुन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);