ए डिभिजन लिग : सरस्वती 'बी' डिभिजनमा घटुवा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ए डिभिजन लिग : सरस्वती ‘बी’ डिभिजनमा घटुवा

च्यासलद्वारा सरस्वती क्लव २–१ गोल अन्तरले पराजित

काठमाडौं, २७ माघ । सरस्वती युथ क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलबाट ’बी’ डिभिजनमा घटुवा भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत सोमबार १२ औं चरणको खेलमा च्यासल युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै सरस्वती ’बी’ डिभिजन लिगमा घटुवा भएको हो ।

ललितपुरको सातदोवाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा सोमबार च्यासलले सरस्वतीलाई २–१ गामेल अन्तरले हराएको हो । च्यासलका लागि टाइगा नाकामुरा र हयातो वाकिनोले १–१ गोल गरे ।

सरस्वतीका काजिम बुसारीले एक गोल गरे । नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहन जित्नै पर्ने खेलमा पराजित भएपछि सरस्वती लिगको एक खेल बाँकी रहँदै घटुवा भएको हो ।

सरस्वतीबाहेक अन्य टोली अब घटुवा हुने छैनन् । अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक १४ टोलीमा एक टोली मात्र घटुवा हुने प्रावधान बनाएको थियो । क्लबको इतिहासमा सरस्वती दोस्रो पटक घटुवा भएको हो ।

बिस २०६३ सालमा पहिलो पटक ’ए’ डिभिजन लिग खेलेको सरस्वती त्यहिँ वर्ष ’बी’ डिभिजनमा घटुवा भएको थियो । सोमबार नै शसस्त्र प्रहरीको एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ को फराकिलो अन्तरबाट हराएको छ ।

एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २–२ गोल तर्था कप्तान टोप बहादुर बिष्टले एक गोल गरे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे । जारी लिगमा एपीएफको यो दोस्रो जित हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);