काठमाडौं, २३ माघ । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा बिहिबार भएको खेलमा पुछारको क्लब सरस्वती युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
मच्छिन्द्रको फराकिलो जितमा दिपक राईले दुई गोल गरे । यस्तै देवेन्द्र तामाङ, एडिलाजा सोमिडे, आन्द्रेस निया र विशाल राई ’ए’ ले एक एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए ।
जितसंगै ११ खेलमा २५ अंक जोडेर मच्छिन्द्र शीर्ष स्थानमा उक्लीएको छ । ११ खेलमा ४ अंक जोडेको सरस्वती पुछारमा यथावत रहको छ ।




