ए डिभिजन लिगमा मनाङद्वारा सरस्वती पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

ए डिभिजन लिगमा मनाङद्वारा सरस्वती पराजित

काठमाडौं, १० माघ । जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युथ क्लवलाई पराजित गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल मनाङको जितमा निर्णायक बन्यो ।

सरस्वतीमाथि १ गोलको संघर्षपूर्ण जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । र, मनाङले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । तर, मनाङ गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

आर्मी ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहँदा मच्छिन्द्र फुटबल क्लब ८ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । सरस्वती ८ खेलमा १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);