'बी' डिभिजन : श्री कुमारीलाई हराउँदै खुमलटारको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘बी’ डिभिजन : श्री कुमारीलाई हराउँदै खुमलटारको जित

काठमाडौं, ३ चैत । सबिन केसीको ह्याट्रिकसंगै सहिद स्मारक बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले जित निकालेको छ ।

ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा सोमबार भएको खुमलटारले श्री कुमारी क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारको जितमा कप्तान सबिन केसीले ह्याट्रिक गरे । उनले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । श्री कुमारीका मिशन लामाले एक गोल फर्काए । जितसँगै ५ खेलमा १३ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

श्री कुमारी ३ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ । यहि चैत २३ गतेसम्म चल्ने लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);