'बी’ डिभिजन लिगमा बाँसबारी युवा क्लब र मध्यपुर युथ एसोसिएसनको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘बी’ डिभिजन लिगमा बाँसबारी युवा क्लब र मध्यपुर युथ एसोसिएसनको जित

काठमाडाैं, १८ फागुन । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बाँसबारी युवा क्लब र मध्यपुर युथ एसोसिएसनले जित निकालेका छन् । मंगलबार भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्ट्स क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बाँसबारीलाई जित दिलाउन निशान सुनारले दुबै गोल गरे । जितसँगै बाँसबारी ८ खेलमा १८ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा छ । मंगलबार नै मध्यपुर युथ एसोसिएसनले पुनरागमन जित निकालेको छ ।

मध्यपुरले श्री कुमारी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एक गोलले पछि परेपनि मध्यपुरले पुनरागमन गर्दै जित निकालेको हो । मध्यपुरको जितमा कैलाश लामिछाने खत्री र धिरज श्रेष्ठले एक एक गोल गरे ।

श्री कुमारीका आशिष राईले एक गोल गरे । जितसँगै ८ खेलमा ७ अंक जोडर मध्यपुर नवौं स्थानमा उक्लिएको छ । श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);