बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबको जित

काठमाडौं, २१ फागुन । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ । शुक्रबार सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे ।

सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो । बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्दा निशान सुनारले एक गोल फर्काए । जितसँगै सातदोबाटोले उपाधि होड बलियो बनाएको छ । सातदोबाटोले ९ खेलमा २५ अंक जोडेर उपाधि होड बलियो बनाएको हो ।

खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो तथा १८ अंक जोडेर बाँसबारी तेस्रो स्थानमा छन् । शुक्रबार नै मध्यपुर युथ एसोसियसनले पुल्चोक स्पोर्ट्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । मध्यपुरका धिरज श्रेष्ठले दुई गोल गरे ।

मध्यपुरले एक गोल आत्मघाती उपहार पाएको थियो । पुल्चोकका किश्मत लिम्बु र शिरोब लो तामाङले एक एक गोल फर्काए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);