एथ्लेटिक बिल्बाओ कोपा डेल रेको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एथ्लेटिक बिल्बाओ कोपा डेल रेको फाइनलमा

एजेन्सी, २१ फागुन । एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा लेभान्टेलाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित बिल्बाओ फाइनलमा प्रवेश गरेको हो ।

लेभान्टेको मैदानमा भएको दोस्रो लेगमा बिल्बाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगरले एक एक गोल गरे । घरेलु टोलीका रोजरले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता लेभान्टेले बनाएको थियो । खेलको १७ औं मिनेटमा रोजरले गोल गरेका थिए । तर, ३० औं मिनेटमा गार्सियाले पेनाल्टीमा गोल गर्दै बिल्बाओलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको निर्धारित समयको १ सय १२ औं मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई २–१ ले जित दिलाए । अब बिल्बाओले उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । पहिलो लेगमा दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);