बी डिभिजन लिगमा सातदोबाटो युथ क्लवको अपराजित यात्रा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बी डिभिजन लिगमा सातदोबाटो युथ क्लवको अपराजित यात्रा जारी

काठमाडौं, १४ फागुन । सहिद स्मारक बी डिभिजन लिगमा सातदोबाटो युथ क्लवले अपराजित यात्रा कायम राखेको छ । शुक्रबार सातदोबाटोले दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लवलाई ३–२ गोल अन्तरले हराएर तीन दुई गोलले हराएर अपराजित यात्रा कायम राखेको यो ।

यो जितसँगै सातदोबोटो युथ क्लव ए डिभिजनमा उक्लने संभावना बलियो भएको छ । सातदोवाटोका लागि दोर्जे तामाङ , आशिष राई र भुवन बस्नेतले १–१ गोल गरे । खुमलटारका सविन केसी र आदिल हमिदले १–१ गोल गरे ।

जितपछि सातदोबाटोले सात खेलमा १९ अंक बनाएको छ । जारी प्रतियोगितामा खुमलटारको यो पहिलो हार हो । उसको सात खेलमा १६ अंक छ ।

शुक्रबार नै मध्यपुर युथ एसोसिएसनले जारी प्रतियोगितामा पहिलो जित हात पारेको छ । टुसाल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मध्यपुरले पहिलो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन धिरज श्रेष्ठ र कैलाश लामिछाने खत्रीले एक एक गोल गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);