बी डिभिजन : पुल्चोक र श्री भगवती तथा बाँसबारी र श्री कुमारीको बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बी डिभिजन : पुल्चोक र श्री भगवती तथा बाँसबारी र श्री कुमारीको बराबरी

काठमाडौं, १५ फागुन । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र तालिकाको तेस्रो स्थानमा रहेको बाँसबारी क्लब श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएका हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रतपंक्तिले सदुपयोग गर्न सकेन ।

७ खेलबाट ७ अंक जोडेको श्री कुमारी क्लबसँग बराबरी रोकिँदा बासँसबारीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको हो । बाँसबारीको समान ७ खेलबाट १५ अंक भएको छ । बाँसबारी तालिकाको तेस्रो स्थानमा छ । अपराजित सातदोबाटो १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा १६ अंक जोडेको खुमल्टार तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै लिगकै पहिलो खेलमा पुल्चोकले श्री भगवतीलाई रोक्न सफल भएको हो । जारी सम्पन्न लिगमा सुखद नजिता हात नपारकेो पुल्चोकले दोस्रो बराबरी नतिजा निकाल्दा श्री भगवतीले जारी लिगमा तेस्रो बराबरी नतिजा आत्मसात गरेको हो । दुबै टोलीले जितका मैदान प्रवेश गरे पनि राम्रा अवसर सदुपयोग गर्न असफल बनेका थिए ।

अंक बाँडेका टोलीद्वय पुल्चोक र भगवतीको समान ७ खेलबाट अंक तालिकामा क्रमस २ र ६ अंक भएको छ । पुल्चोक तालिकाको पुछारमा रहेको छ भने भगवती नवौं स्थानमा यथावत रहेको छ ।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेल ब्वाइज युनिय क्लब र नयाँ बस्ती तथा दोस्रो खेल झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);