बी डिभिजन : सातदोबाटो झम्सिखेलसँग बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

बी डिभिजन : सातदोबाटो झम्सिखेलसँग बराबरीमा रोकियो

काठमाडौं, ४ चैत । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ । ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबलसंघ एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सातदोबाटो झम्सिखेल युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको दशौँ मिनेटमा भुवन राईको गोलबाट झम्सिखेलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७१ औं मिनेटमा सातदोबाटोका विरेन्द्र लिम्बुले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै सातदोबाटोले ६ खेलमा १६ अंक जोडेर पहिलो स्थानमा रहेको छ । झम्सिखेलले ५ खेलमा ६ अंक जोडेको छ । झम्सिखेल नवौं स्थानमा रहेको छ । मंगलबार नै भएको पहिलो खेलमा ब्वाईज युनियन क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले बराबरी खेल्दै अंक बाँडेका थिए ।

ब्वाईज र आरसीटीले २–२ गोलको बराबरी खेलेका हुन् । ब्वाईजको लागि टंक बहादुर स्याङ्देन र प्रदिप बोगटीले एक एक गोल गरे । आरसीटीका अजित गुरुङ र नविन मान कर्माचार्यले एक एक गोल गरे । बराबरीसँगै ब्वाईजले ६ खेलबाट ८ अंक जोडेको छ । आरसीटीले ६ खेलमा ६ अंक जोडेको छ ।