पीएसएल खेल्न सन्दीप पाकिस्तान प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

पीएसएल खेल्न सन्दीप पाकिस्तान प्रस्थान

काठमाडौं, १५ फागुन । नेपाली लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पीएसएल खेल्न शनिबार पाकिस्तान प्रस्थान गरेका छन् । सन्दीप पाकिस्तानको लाहोर कलन्दर्स टोलीबाट पीएसएलको बाँकी खेल खेल्न पाकिस्तान गएका हुन् ।

शुक्रबार साँझ सम्झौता पक्का भएपछि सन्दीप शनिबार दोहा हुँदै कराची जाने क्यानले जनाएको छ ।

लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय ड्युटीमा अफगानिस्तान जानु परेपछि लाहोरले सन्दीपलाई बोलाएको हो । यसअघि पीएसएल ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम क्याटगोरीमा रहेका सन्दीप यसपटक भने अनसोल्ड भएका थिए।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजासहित अंक तालिकामा तेस्रो स्थानमा छ । लाहोरले आइतबार कराची किंग्ससँग आफ्नो चौथो खेल खेल्दैछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);