विश्वकपको सरगर्मी बढ्यो, उपाधी चुम्ने फ्रान्सको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्वकपको सरगर्मी बढ्यो, उपाधी चुम्ने फ्रान्सको दाबी

काठमाडौं, २३ जेठ । रुसमा हुन लागेको विश्वकपको सरगर्मी बढेसँगै हारजितको आँकलन सुरु भएको छ । यसपटक फ्रान्सलाई पनि मुख्य दाबेदारका रुपमा हेरिएको छ । फ्रेन्च टोलीका कोच र विश्वचर्चित स्टार खेलाडीका कारण यसपटक फ्रान्सले उपाधी चुम्न सक्ने अड्कलबाजी भइरहेको छ ।

फ्रान्सले आफूलाई यसपटक बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको छ । फ्र्रान्स पहिलो विश्वकप सन् १९३० देखि नै सहभागिता जनाइरहेको छ । कोचको भुमिका फ्रान्स कै पुर्वकप्तान डिडिएर देशच्याम्प निभाइरहेका छन् ।

उनकै नेतृत्वमै फ्रान्सले १९९८मा उपाधी चुम्न सफल भएको थियो । सन् २००० को युरो कपको उपाधी जित्दा पनि देशच्याम्प नै फ्रेन्च टोलीका कोच थिए । २००१ र २००३ मा फिफा कन्फिडेरेसन कपमा जित दर्ता गरेको थियो ।

उनले फ्रान्सलाई २०१२ देखि प्रशिक्षण दिइरहेका छन् । उनको प्रशिक्षणमा फ्रान्स युरो कपको फाइनलमा पुगेको थियो र पार्चुगलसँग १–० को हार बेहोरेको थियो । फिफाको वरियतामा ७ नम्बरमा परेको फ्रान्स अहिले २० वर्ष पहिलेको इतिहास पुनः दोहो¥याउने दाउमा छ ।

यसपाली १८ वर्षीय किलिएन बाप्पे पहिलो पल्ट विश्वकपमा फ्रान्सका लागि सहभागिता जनाउँदै छन् । पेरिस सेन्ट जर्मेन पिएसजीको खेलबाट बाप्पको डेब्यु किफायती रहने आँकलन गरिएको छ ।

१० नम्बर जर्सीमा बेन्जामेको बदलामा बाप्पे देखिँदैछन् । यता बार्साका २० वर्षीय ओसमान डेम्बलेले ७ नम्बर जर्सीमा मैदानमा देखिँदैछन् । पल पोग्वा पनि दर्शकका लागि प्रमुख आकर्षण हुनेछ ।

अनुभवी र उत्कृष्ट फर्वाड ग्रीजमान, डेम्बेले, ओलिभर, विश्वका महंगा फुटबल खेलाडी बाप्पे, नबिल फकिर, थोमस लेमार र फ्लोरियान फर्वाडमा देखिनेछन् । मिडफिल्डरमा कान्ट, ब्लेइज, स्टेभेन, पल पोग्बा र कोरेन्टिन टोलिस्सो रहने छन् ।

डिफेन्डरमा लुकास हेर्नान्डेज, प्रिस्नेल किम्पेम्बे, बेन्जामिन मेन्डे, बेन्जामिन पर्भड, एडिल रेमी, जिब्रिल सिडिबे, सामुयल उमिटी र राफेल वरान रहनेछन् । गोलकिपरको भुमिकामा हुगो लोरिस, स्टेभ मण्डाडा र अल्फोन्से एरियोलाको नाम सार्वजनिक भएको छ ।

ग्रुप सीको शीर्ष स्थानमा रहेको फ्रान्सले रुसी विश्वकपको पहिलो खेल जुन १६ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । सो खेल रुसको कजान एरिना मैदानमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);