बेन्जेमा विश्वकपबाट बाहिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बेन्जेमा विश्वकपबाट बाहिर

काठमाडौं। फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा २०२२ फिफा विश्वकपबाट बाहिर भएका छन् । विश्वकप सुरु हुने रात अभ्यास क्रममा जाँघमा चोट बोकेपछि बेन्जेमाले विश्वकप गुमाउने पक्का भएको हो। बेन्जेमाले २०२२ को बालोन डि ओर विजेता हुन् । विश्व फुटबलको वर्ष खेलाडी घोषित बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो । फ्रान्स राष्ट्रिय टोलीले घाइते भएको र प्रतियोगितामा बेन्जेमा नदेखिने बताएको छ। ‘बेन्जेमाको खवरले टोलीलाई पक्कै दुखद् बनाएको छ। उनको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं,’ भनिएको छ । फ्रेन्च फुटबल फेडेरेसनले एमआरआइ स्क्यान गर्दै जँघा गएको बताएको हो । ‘उनलाई रिकभरी हुन तीन हप्ता लाग्नेछ,’ थपिएको छ। विश्वकपमा फ्रान्स समूह डी मा रहेका छ। फ्रान्सले २२ नाभेम्बरमा अस्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ। मुख्य प्रशिक्षक डिडिअर डेसच्याम्पसले सोमबार नै बेन्जेमाको स्थानमा खेलाडी परिवर्तन गर्ने बताएका छन् । ३४ वर्षीय बेन्जेमाले ९७ खेलको ३७ गोल गरेका थिए । फ्रान्सले यस अघि नै मिडफिल्डर द्वय पाउल पोग्वा र एनगोलो कान्तेलाई घाइतेभएपछि गुमाएको थियो । यसैगरी फिट हुँदै गरेका म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेयल भरानेलाई समावेश गरेको छ।

बुधबारमात्रै क्रिस्टोफर एनकुन्कु घाइते भएपछि फ्रान्सले कोलो मुआनीलाई स्थानान्तरण गरेको छ । बेन्जेमाको स्थानमा फ्रान्सले म्यानचेस्टरका स्ट्राइकर एन्थोनी मार्सिअललाई स्थान दिने सम्भावना छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);