हेमन्त थापा मगरले गरे थ्रीस्टारसँग सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हेमन्त थापा मगरले गरे थ्रीस्टारसँग सम्झौता

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)  का स्वर्ण  पदक विजेता टोलीका महत्त्वपूर्ण सदस्य हेमन्त थापा मगर शहीद स्मारक  ‘ए’ डिभिजन लिग खेल्न थ्रीस्टारसँग अनुबन्धित भएका छन् ।
 
ललितपुरको थ्रीस्टारले आइतबार मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको छ । हेमन्तले क्लबसँग दुई वर्षको सम्झौता गरेका हुन् । हेमन्तले थ्रीस्टारमा ७ नम्बरको जर्सी लगाउने छन् । एन्फा  एकेडेमीका हेमन्तले राष्ट्रिय टिमबाट यू-१३, यू-१४ र यू-१६ खेलिसकेका छन् ।

गत सिजन हेमन्तले च्यासल युथ क्लबबाट खेलेका थिए । याे सिजन उनले थ्रीस्टार क्लब रोजेका हुन् । २९ कात्तिकबाट सुरु हुने लिगका लागि थ्रीस्टारले यसअघि नै अनन्त तामाङ, आयुष घलान, बिक्रम लामासँग सम्झौता गरिसकेको छ । थ्रीस्टारको प्रशिक्षकमा यसपटक उर्जन महर्जन रहनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);