साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

india vs bangladesh

काठमाडौं, १२ असोज । साफ अन्डर–१८ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा बंगलादेशलाई २-१ ले हराउँदै भारत तेस्रो संस्करणको च्याम्पियन बनेको हो ।

भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे । बंगलादेशका  एसिन अर्फातीले एक गोल फर्काए ।

यस अघि तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभस विजयी भएको छ । आइतबार बिहान भएको प्रतिस्पर्धामा भुटानमाथि १–० को जित निकाल्दै माल्दिभ्स तेस्रो भएको हो ।

माल्दिभ्सलाई जित दिलाउन इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो ।

६ देश सहभागि यो प्रतियोगितामा आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सहभागि टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराएको थियो । दुई संस्करणको उपाधि विजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);