साफ यू–१८ महिला च्याम्पियनसिप : पहिलो सेमिफाइनलमा नेपाल र भारत भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

साफ यू–१८ महिला च्याम्पियनसिप : पहिलो सेमिफाइनलमा नेपाल र भारत भिड्दै

mahila saf

काठमाडौं, १९ असोज । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउसो ३ः१५ मा भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा सुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै नेपाल सेमिफाइलनमा पुगेको हो । समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो भने बङलादेशसँग २–१ गोलले पराजित भएको थियो ।

आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);