यू-१७ उपाधिका लागि नेपाल र भारत भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यू-१७ उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं। यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ।

कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ । चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलोपटक उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि तीनपटक नेपाल फाइनल पुगेर पनि भारतसँग निरास बन्दै आएको छ । नेपाल र भारत यसपटक एकै समूहमा परेका थिए । जसमा नेपाल ३-१ ले विजयी भएको थियो । सन् २०१९ को फाइनलमा नेपाललाई भारतले ६-० ले पराजित गरेको थियो ।  नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भारतमाथि समूह चरणमा जित निकालेको भए पनि फाइनल भिडन्त कठिन हुने बताए । ‘भारत सधै हाम्रा लागि कठिन प्रतिद्वन्द्वी हो’, श्रेष्ठले भने, ‘हाम्रो लक्ष्यबाट एक जित मात्र टाढा छौ,’ श्रेष्ठले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);