उपाधिका लागि भिड्दै नेपाल र नेदरल्यान्ड्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उपाधिका लागि भिड्दै नेपाल र नेदरल्यान्ड्स

काठमाडौँ। त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह सवा १ बजे सुरु हुनेछ । करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधिको दावेदार मानिएको छ ।

नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ । तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन् ।

प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम गर्न चाहन्छ । तर, लिग चरणको दोस्राे खेलमा नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको नेपाल त्यो खेलकाे गल्ती सुधार्ने प्रयासमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);