यु-१८ साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली आज भुटान जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

काठमाडौं, ३१ भदौ । अठार वर्षमुनिको साफ च्याम्पियसिप फुटबल खेल्न नेपाली टोली आज शनिबार भुटान जाने भएको छ। भुटानमा आगामी असोज २ गतेदेखि ११ गतेसम्म हुने फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज दिउँसो थिम्पु जान लागेको हो।

नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसीले शुक्रबार बिदाइ गरिसकेका छन्। भूटानमा हुने खेलका लागि गत जेठमा भएको १८ बर्षमुनिको ललित स्मृती प्रतियोगिताबाट खेलाडी छानिएको प्रशिक्षक छिरिङ लोप्साङले बताए।

श्रीलंकाले नखेल्ने भएपछि प्रतियोगिताको ढाँचा परिवर्तन गरेर सबै टोलीले एकअर्कासँग खेल्ने र अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्ने बनाइएको छ।

नेपालले पहिलो खेल ४ गते भुटानसँग, ६ गते माल्दिभ्ससँग, ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्दैछ । सन् २०१५ बाट सुरु भएको प्रतियोगिताको पहिलो आयोजना गरेको नेपालले पहिलो विजेता पनि हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);