थ्रीस्टारलाई डेढ करोड क्षतिपूर्ति दिने एन्फाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ३० भदौ । थ्रीस्टार क्लबले एएफसी कप छनौटको खेल खेल्न नपाएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव धिरेन्द्र प्रधानलाई १५ दिनका लागि निलम्बन गर्न सिफारिस गरिएको छ

उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले फिफा र एएफसीका इमेल चेक गर्ने मुख्य जिम्मेवारी लिएका महासचिव धिरेन्द्र प्रधान, कर्मचारी प्रमुख गोकुल थापा र बसन्त रिजालको गल्तीका कारण थ्रीस्टारले प्रतियोगिता गुमाएको ठहर गरी उनीहरुलाई १५ दिन निलम्बन गर्न सिफारिस गरेको हो । एन्फाको लापरवाहीका कारण प्रतियोगिता गुमाउनुपरेको भन्दै थ्री स्टार क्लवले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको थियो । एन्फाले भने थ्रीस्टारलाई १ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

 

एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले समितिले दिएको सिफारिसका आधारमा गल्ती गर्नेमाथि कारबाही गर्ने बताए । एन्फाले साउन ३२ गते उपाध्यक्ष कुँवरको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);