बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, रोमा सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, रोमा सेमिफाइनलमा

roma-barcelona

एजेन्सी , २८ चैत । बार्सिलोनालाई हराउँदै इटालियन क्लब रोमा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा व्यहोरेको ४–१ को हारलाई बिर्साउँदै इटालियन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकालेको हो ।

मंगलबार राति भएको खेलमा रोमाले बार्सिलोनालाई ३–० गोल पराजित गर्यो । समग्रमा ४–४ गोल भएपनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुग्न सफल भयो ।

घरेलु मैदानमा भएको खेलमा रोमाले छैटौं मिनेटमा इडेन जोकोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । खेलको ५८ औं मिनेटमा पाएको पेनाल्टीमा डि रोसीले गोल गरे भने निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा मानोलसले निर्णायक गोल गरे ।

रोमाका खेलाडीहरुको तीव्र गति र उर्जावान प्रदर्शनका सामू ला लिगाको लिडर बार्सिलोना निरिह जस्तै देखिएको थियो । २००४ मा डिपोर्टिभोले एसीमिलानविरुद्ध र गत सिजन बार्सिलोनाले पीएसजीविरुद्ध यस्तै सनसनीपुर्ण जित निकालेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);