अस्ट्रेलिया र भारतबीचको तेस्रो टेष्ट क्रिकेट रोमाञ्चक स्थितीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेष्ट क्रिकेट रोमाञ्चक स्थितीमा

एजेन्सी, २६ पुष । अष्ट्रेलिया र भारतबीचको ४ मध्ये तेस्रो टेष्ट रोमाञ्चक स्थितीमा पुगेको छ । अस्ट्रेलियाको सिड्नीमा जितका लागि ४ सय ७ रनको लक्ष्य पछ्याएको भारतले २ विकेट गुमाएर ९८ रन बनाउदा आइतबार चौथो दिनको खेल सकिएपछि टेष्ट रोमाञ्चक स्थितीमा पुगेको हो ।

आइतबार चौंथो दिन घरेलु टोलीले ३ सय १२ रन जोडेर दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि भारतले ४ सय ७ रनको विजय लक्ष्य पाएको हो । लक्ष्य पछ्याउने क्रममा भारतका रोहत शर्मा ५२ र शुबमन गिल ३१ रनमा आउट भए । चेतेश्वर पुजारा ९ र अजिन्क्या रहाने ४ रनमा अविजित रहदा चौथो दिनको खेल सकिएको छ । यो खेलको दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ८४ , स्टिभ स्मिथले ८१ र मार्नुस लेबुसचेनले ७३ रन बनाए ।

भारतका नाभदिप शैनी र रविचन्द्र आश्विनले २–२ विकेट लिए । यो टेष्टको पहिलो इनिङ्समा अष्ट्रेलियाले ३ सय ३८ भारतले २ सय ४४ रन बनाएका छन् । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १–१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट अष्ट्रेलियाले तथा दोस्रो टेस्ट भारतले जितेका छन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);