पोखराबाट पनि श्रम स्वीकृति दिन शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पोखराबाट पनि श्रम स्वीकृति दिन शुरु

उमा आले
पोखरा, २६ पुस । बैदेशिक रोजगार विभागले बिहीवारबाट गण्डकी प्रदेशको राजधानी पोखराबाट पुनःश्रम स्वीकृती दिन शुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले पहिलो पुनः श्रम स्वीकृती स्याङजाका खड्क बहादुर गुरुङ र नवलपरासीका चन्द्रमान गुरुङलाई दिएको राहादानी हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका छन् ।

चन्द्रमान १८ बर्ष देखी मकाउमा कामका लागि आउने जाने गरेका छन् भने खड्कबहादुर १२ वर्ष देखी संयुक्त अरव इमिरेट्समा कर्मथलो बनाईरहेका छन् । विभागले विदेशिने नेपाली कामदारको सहजताका लागि पोखराबाट पुनःश्रम स्वीकृती दिन शुरु गरेको श्रममन्त्री विष्टले जानकारी दिए । उनले नेपालमा नै रोजगारी सिर्जना गर्नका लागि सरकार ७ सय ५३ वटै स्थानीय तहमा रोजगार केन्द्र स्थापना गर्न लागिएको बताए ।

सरकारले यस अघि पुष १५ गते २ नम्बर प्रदेशको राजधानी जनकपुर र ५ नम्बरको प्रदेशको राजधानी बुटवलबाट पुनःश्रम स्वीकृती सेवा दिन शुरु गरेको थियो । अहिले पुनः श्रम स्वीकृती मात्र दिने व्यवस्था गरेको विभागले निकट भविष्यमा नयाँ श्रम स्वीकृती दिने जनाएको छ ।

प्रदेशमा श्रम स्वीकृती हुँदा काठमाडौंमा आउँदा लाग्ने खर्च जोगिनुको साथै बैदेशिक रोजगार विभाग, ताहाचल कार्यालयमा रातीदेखि नै लाईन वस्नु पर्ने वाध्यता हट्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);