वैदेशिक रोजगार कार्यालयमा बिदेश जानेकाे लस्कर, दुई सातामा ७ सय बढीले श्रम स्वीकृती लिए | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

वैदेशिक रोजगार कार्यालयमा बिदेश जानेकाे लस्कर, दुई सातामा ७ सय बढीले श्रम स्वीकृती लिए

काठमाडाैँ । निषेधाज्ञाकै विचमा पनि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा श्रम स्वीकृती लिन आउनेको भिड लाग्दै आएको छ ।

हप्ताको आइतबार र बुधबार भौतिक रुपमा उपस्थित भएर श्रम स्वीकृती लिन पाउने भए पछि विभिन्न जिल्लाहरुबाट मानिसहरु आइरहेका छन् । कोरोना संक्रमण जारी नै रहेका बेला नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि श्रम स्वीकृती दिल थालेपछि कार्यलयमा भिड लाग्न थालेको हो ।

अनलाइनमार्फत श्रम स्वीकृतीका लागि आवेदन दिन पाउने व्यवस्था कायमै रहेको भए पनि इन्टरनेटको सेवा नभएका र बायोम्याट्रिक नगरेका व्याक्तीहरु अहिले कार्यालय आउने गरेका छन् ।

कोरोना महामारीका बिच सरकारले कार्यलयमा श्रम स्वीकृत सेवा दिँदा संक्रमणदर बढ्ने खतरा छ । स्वीकृती लिन आउनेहरुसँग पिसिआर रिपोर्ट अनिवार्य नगरिएको र ठूलो संख्यामा मानिसको भिड हुने गर्छ । सोमबारबाट उपत्यकामा निषेधाज्ञाको मोडालिटि परिर्वतन गरिएको छ ।

यससंगै श्रम स्वीकृती दिनेबारे पनि केही हेरफेर गरिने वैदेशिक रोजगार कार्यलयका सहायक सूचना अधिकारी …प्रदीप कुमार ढकालले बताएका छन् ।

कार्यलयले जेठ २६ गतेदेखि हप्ताको दुई दिन सेवाग्राहीलाई सेवा दिइरहेको छ । यो दुई सातामा ७ सय भन्दा बढीले श्रम स्वीकृती लिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);