अब उपचारको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउनु पर्दैन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

अब उपचारको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउनु पर्दैन : प्रम ओली

रुपन्देही, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि उपचारको अभावमा ज्यान गुमाउनु नपर्ने बताएका छन् । शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा रहेको सरकारी स्तरको मेडिकल कलेजको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब उपचारको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन पर्ने दिन गएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अब हरेक नेपालीले उपचार अभावमा ज्यान गुमाउन नपरोस भनी सरकारले प्रादेशिक अस्पताल निर्माणको थालनी अभियान सुरु गरेको बताए ।

प्रधानमन्त्री ओलीले अहिलेको समय विज्ञानले प्रगती उन्नती गरेको युग भएको कारण यसमा सरकार पनि सोही प्रकृतिले लागिपरेको बताए । उनले सुखी नेपाली समृद्ध नेपालको अवधारणा अनुसार सरकारले एउटा प्रदेशमा एउटा सरकारी स्तरको मेडिकल कलेज बनाइने बताए ।

प्रदेश स्तरमा मेडिकल कलेज निर्माणको कार्य शुभारम्भ गरिएको बताउँदै प्रधानमन्त्री ओलीले प्रभावकारी र बैज्ञानिक ढंगबाट नै उपचार गर्ने गरीे प्रदेश स्तरमा मेडिकल कलेज स्थापना भई सञ्चालन हुनेमा विश्वस्त हुन सबैलाई आग्रह गरे।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);