विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित

rastra sava

काठमाडौं, ८ चैत । राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्तृका प्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकमा प्रतिनिधिसभाबाट केही विषयमा संशोधन पनि भई आएको र आवश्यक परे भविश्यमा संशोधन गर्न सकिने भएकाले विधेयक पास गरि सहयोग गर्न आग्रह गरेका थिए ।

संयुक्त संशोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौ नेपालीको रोजी रोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);