तराईमा शितलहरका कारण अब कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्दैन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

तराईमा शितलहरका कारण अब कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्दैन : प्रम ओली

kp-oli

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा शीतलहरका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले तराईमा शीत लहरका कारण ज्यान नजाओस् भनेर सरकारले हिउँद सुरु हुनु अघि नै दाउरासहित न्यानो कपडा वितरणको उचित व्यवस्था गरेको स्पष्ट पारे ।

उनले कुनै पनि नेपालीले भोकभोकै बस्नु नपर्ने पनि दोहो-याए । प्रधानमन्त्री ओलीले रोजगारीको अवसर सृजनाका लागि सरकारले देशका सबै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गरेको, पछाडि परेका जिल्लाहरुको उत्थानका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अघि बढाइएको पनि स्मरण गराए । सरकारले मुलुकको समृद्धिका लागि उल्लेख्य कदम चालेको र त्यसको परिणाम आउनेक्रम सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका पृथ्वीनारायण शाहप्रति नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैलाई आग्रह गरे ।

२ सय ९७ औं पृथ्वी जयन्तिको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य रहेको उल्लेख गर्दै त्यसलाई कुनै पनि तर्कले खण्डन गर्न नसकिने स्पष्ट पारे ।

राष्ट्रको एकीकरण कुनै पनि कामभन्दा महान हुने र सो काम पृथ्वीनारायण शाहले गरेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेकै कारण नेपाल स्वाधिन राष्ट्रको रुपमा रहेको ऐतिहासिक तथ्यलाई कसैले भुल्न नहुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);