यस बर्षदेखि जाडोले कठ्यांग्रिएर कोही पनि मर्नु पर्दैन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

यस बर्षदेखि जाडोले कठ्यांग्रिएर कोही पनि मर्नु पर्दैन : प्रम ओली

काठमाडौं १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षदेखि जाडोले कठ्यांग्रिएर कोही पनि मर्नु नपर्ने बताएका छन् । शितलहरबाट तराईमा हुने मृत्युलाई रोक्न सरकार प्रतिवद्ध भएको उनले बताएका छन् ।

शितलहरबाट नागरिकलाई जोगाउनका लागि सुरक्षा निकाय, स्थानीय तह, प्रशासन, निजी क्षेत्र सबैसँग समन्वय गरिएको ओलीको भनाइ छ । यति मात्र नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही पनि गरिब नहुने बताएका छन् ।

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । नेपालमा श्रमजिवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृति विकास र आर्थिक स्थिती सुधार गर्नका लागि सधैं सकारात्मक रहने प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं” प्रधानमन्त्री ओलीले भने “मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।”

प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबाट रोक्ने नभइ गरिबलाई धनी बनाउने बताए । । उनले सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई त्रसित पार्न खोजेको बताए ।

लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउंदै प्रधानमन्त्रीओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न सचेत गराए । “सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो” प्रधानमन्त्री ओलीले भने ।