एसिड आक्रमणका दाेषीलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एसिड आक्रमणका दाेषीलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) पिडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दाेषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताउनुभएको छ । उहाँले १५ दिनभित्र कानुन मस्याैदा गरिसक्न पनि कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले अपराधीकाे सम्पत्ती राेक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपाेषण गर्ने, पीडितलाई छिटाे अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी बिहीबारकाे विशेष कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारकाे प्रबन्ध मिलाउने , पीडितहरूकाे सम्पूर्ण खर्च सरकारले बेहाेर्ने र नियमित प्रयाेग गर्नुपर्ने औषधिकाे खर्च समेत सरकारले गर्ने घाेषणा गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले आक्रमणकापछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनकाे प्रबन्ध सरकारले गर्ने बताउनुभयाे । साथै, उचित तालीम, राेजगारी, व्यवसाय र जिविकाकाे प्रबन्ध सरकारले मिलाउने समेत उहाँले कार्यक्रममा जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्रीले ओलीलेसहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्राेत्साहित गरिने पनि बताउनु भएकाे छ । उहाँले हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दकाे जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत सबैलाई आह्वान गर्नुभएकाे छ ।

त्यस्तै सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्ताे पीडा कसैले भाेग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त गर्नुभएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);