प्रधानमन्त्री ओली मेडिकल माफियाका प्रमुख संरक्षक : डा.गोविन्द केसी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्री ओली मेडिकल माफियाका प्रमुख संरक्षक : डा.गोविन्द केसी

काठमाडाैं । मेडिकल क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली मेडिकल माफियाका प्रमुख संरक्षक रहेको आरोप लगाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण मेडिकल माफियाहरु कलेज नवीकरण पनि नगरेको बताए ।

प्रधानमन्त्री ओलीले आर्थिक र राजनीतिक साझेदार मध्येका आफू निकट एक व्यक्तिले सञ्चालन गर्न लागेको झापास्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन अनेक हथकण्डा अपनाएको उनको आरोप छ ।जबकि चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको उनको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);