बीएण्डसीलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बीएण्डसीलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । झापास्थित विवादित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको चिकित्सा शिक्षा आयोगको बैठकले बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट दुर्गा प्रसाईद्वारा सच्चिलित सो कलेजलाई सम्बन्ध दिन नहुने भन्दै चौतर्फी आलोचना भईरहेको छ । यसका बावजुत पनि कलेजलाई सम्बन्धन गर्ने निर्णय गरिएको हो । बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेको बताइएको छ ।

बीएण्डसीलाई सम्बन्धन दिन नपाउने भन्दै आजै बालुवाटारमा नागरिक अगुवाहरुले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनमा रहेका नारायण वाग्ले, युग पाठक लगायत २० जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले कानुन मिचेर बीएण्डसीलाई सम्बन्धन दिन नपाउने भन्दै प्रदर्शन गरेका थिए ।

त्यसैगरी यमनमा रहेका चिकित्सक शिक्षाका अभियन्ता डाक्टर गोविन्द केसीले बिहीबार विज्ञप्ति जारी गर्दै बीएण्डसीलाई सम्बन्धन दिए नेपाल फर्किए लगत्तै सत्याग्रह गर्ने चेतावनी दिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);