पोखरामा आकाशे पुल निर्माणको काम अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरामा आकाशे पुल निर्माणको काम अन्तिम चरणमा

पोखरा । पोखरा सृजनाचोकमा निर्माण भईरहेकोआकाशे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पोखराका चोकहरु मध्येको एक पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सृजना चोकमा आकाशे पुल निर्माण भैरहेको छ।

मुख्य चोकहरुमा समस्याको रुपमा रहेको ट्राफिक जामलाई घटाउने उद्धेश्यले पोखरा महानगरपालिकाको २ करोड ३० लाख ११ हजारको लागतमा आकाशे पुल निर्माण भैरहेको छ ।

महानगरपालिकाको २ करोड र स्वः रवीन्द्र अधिकारीले सांसद विकास कोषबाट विनियोजित गरेको ५० लाखबाट पुल निर्माण भैरहेको वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बराले जानकारी दिए । पुल निर्माणको जिम्मा के.एम. जे.बि.एन.एस. पोखराले ठेक्का पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);