राजीनामा दिएर राजनीतिमा लाग्न केसीलाई चुनौति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राजीनामा दिएर राजनीतिमा लाग्न केसीलाई चुनौति

kp oli pm

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक नलगाउने स्पष्ट पारेका छन् ।

सरकारले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न अनुमति दिने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको विरोधमा वरिष्ठ चिकित्सक गोविन्द केसी जुम्लामा आमरण अनसन वसिरहेकामा प्रधानमन्त्री ओलीले सरकार अनसनसामु नझुक्ने बताए । उनले राज्यको ढुकुटीबाट तलब खाने कर्मचारीलाई आन्दोलन गर्ने छुट नरहेको भन्दै अनसनरत केसीलाई राजीनामा दिएर राजनीतिमा लाग्न चुनौति दिए ।

प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुसँगको छलफलका क्रममा काठमाडौं उपत्यकाका माइतीघर मण्डला लगायत स्थानमा विरोध प्रदर्शनमा रोक लगाउने निर्णयबाट सरकार पछि नहट्ने स्पष्ट पारे । उनले लोकतन्त्र भनेको छाडातन्त्र नभएको भन्दै जहाँ मन लाग्यो त्यहीं प्रदर्शन गर्न नदिइने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);