देशका अधिकांश भागमा वर्षा, हिमाली भेगमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशका अधिकांश भागमा वर्षा, हिमाली भेगमा हिमपात

rain in ktm

काठमाडौं, २४ फागुन ।  काठमाडौं सहित देशको पश्चिमी भूभागका केही ठाउँ तथा मध्य र पूर्वी भूभागमा आज बिहानदेखि पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

शनिबार राति पनि पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार र सोमबार देशको पूर्वी तथा पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आउँदो २४ घण्टामा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);