आज पनि अपरान्हपछि केही स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आज पनि अपरान्हपछि केही स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकाँस भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ ।

हाल पहाडी भूभागमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका केही स्थानहरुमा अपरान्हतिर मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);