देशका विभिन्न स्थानमा हल्का वर्षा, हिमाली भेगमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देशका विभिन्न स्थानमा हल्का वर्षा, हिमाली भेगमा हिमपात

rain in ktm

काठमाडौं, २४ पुस । पश्चिमी न्यूनचापीय वायुको प्रभावले बिहीबार काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । न्युनचापीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन । पश्चिमी वायुको प्रभाव शुक्रवार सम्म जारी रहनेछ ।

आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात भइरहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बर्षा र हिमपातका कारण जाडो बढ्न सक्ने भन्दै चिसोबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । आज राती देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार देशका पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । शनिबार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);