भारतीय अज्ञात समूहद्वारा अपहरित नेपालीको रिहा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतीय अज्ञात समूहद्वारा अपहरित नेपालीको रिहा

nepali apaharan khan

शम्भू माली
कपिलवस्तु, २४ पुस । नेपाल-भारत सीमाको बजारबाट अपहरित एक नेपालीलाई रिहा गरिएको छ । मर्यादपुरबाट यशोधरा गाउपालिका–८, मटेरियाका बर्षका ४० मुवारक खानलाई भारतीय पक्षले बुधवार रात्री ९ बजे भारतको सिद्धार्थनगर बस्ती जिल्ला पयकोलिया थानाबाट रिहा गरेका छन् ।

खान राती अबेर १ बजे सिद्धार्थनगर खुनुवा आई पुग्दा भारतिय बोर्डर बन्द भएकाले नेपाल कपिलबस्तु जिल्ला मर्यादपुरका प्रहरी चौकीका इन्चार्ज हिम नाथ घिमिरेको सहयोगमा भारतिय बोर्डर खोलाई नेपाल प्रबेश गरेका थिए ।

खानलाई अज्ञात समूहले १९ गते शनिबार दिउँसो यशोधरा गाउपालिका–७,मर्यादपुर चोकबाट अपहरण गरेको थियो । उनी मर्यादपुर चोकमा बसीरहेको अवस्थामा भारतीय समुहले जबरजस्ती युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हुदैं भारत लगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);