भारतीय अज्ञात समूहद्वारा एक नेपालीको अपहरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतीय अज्ञात समूहद्वारा एक नेपालीको अपहरण

nepali apaharan khan

कपिलवस्तु, २० पुस । नेपाल-भारत सीमाको बजार मर्यादपुरबाट एक नेपालीको अपहरण भएको छ । यशोधरा गाउपालिका–८, मटेरियाका अन्दाजी बर्षका ४२ मुवारक खानलाई भारतीय अज्ञात समूहले शनिबार दिउँसो यशोधरा गाउपालिका–७, मर्यादपुर चोकबाट अपहरण गरेको हो ।

मर्यादपुर चोकमा बसीरहेको अवस्थामा खानलाई भारतीय समुहले जबरजस्ती युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हुदैं भारत लगेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

उक्त युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडी बिहान ११.४४ बजे सुठौली भन्सार कार्यालयबाट रु ५ सय तिरी २०७६ पौष १९ गते १ दिनकोलागी भन्सार गराएको भन्सारको रेकार्डमा देखिन्छ । सो गाडी भारत उत्तर प्रदेश जिल्ला सिद्धाथनगरको दयान्नद उपाध्यायको नाममा रहेको छ ।

पिडीतको भाईले दाइलाई सुरक्षित घर फर्काइ दिनु हुन मानव अधिकार कर्मी, संचार कर्मी र नागरिक समाजसंग अनुरोध गरेका छन् । मर्यादपुर चौकमा स्थानियले आक्रोशित भै बाटामो जे सि बी राखी बाटो बन्द गरेका थिए ।

nepali apaharan

प्रहरीले खोजी कार्य तिब्र गतीमा बढाएको छ भने खोजी कार्यमा स्थानियको सहयोगको अवश्यक्ता भएको र सहयोग गर्न समेत अग्रह समेत गरेको छ । प्रहरीको आग्रहमा र बटुवाको समस्यालाई मध्य नजर गरि बाटो खोलिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक सुनिल मल्लका अनुसार उक्त घटनाबारे भारतीय प्रहरीसँग सोधपुछ गर्ने काम भइरहेको छ । सीमाको मर्यादपुर प्रहरी चौकी र बिओपी डंगरीको सशस्त्र प्रहरीको रोकावटलाई छल्दै खानलाई दशगजा कटाएका थिए । उनको खोजी कार्य तिब्र रुपमा भै रहेको मल्लले बताउनु भयो ।

मुबारक मर्यादपुर नाका नजिक पारी भारतको खुनुवा भन्ने ठाँउमा अब्दुल आटो पार्टको पसल गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);