भ्रमण वर्ष गिज्याउदै टेकोमा अडिएका सम्पदा क्षेत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भ्रमण वर्ष गिज्याउदै टेकोमा अडिएका सम्पदा क्षेत्र

teko ma adiyeko sampada

काठमाडौं, २० पुस । नेपाल भ्रमण बर्षलाई सफल बनाउन २० लाख पर्यटन भित्र्याउने सरकारी योजना छ । यसका लागि देश विदेशमा व्यापक प्रचार प्रसार समेत गरिएका छन् । तर काठमाडौं उपत्यकाका घुम्न लायक विश्वसम्पदा सूचीमा सूचिकृत धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अवस्था लथालिंक छ । पुर्ननिर्माणको काम बाँकी रहेका सम्पदाहरु टेकोकै भरमा अडिएका छन् ।

संयुक्त राष्ट्र संघ युनेस्कोले नेपालका विभिन्न बहुमूल्य सम्पदाका रूपमा परिचित विश्वका स्मारक र स्थानहरूलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ । राष्ट्रको विशेष सांस्कृतिक, धार्मिक महत्व राख्ने धरोहरहरुलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ । यसले विश्वमा नेपाललाई चिनाउने महत्वपूर्ण अंगका रुपमा पनि हेरिन्छ ।

यसले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्नुका साथै नेपालको आर्थिक विकासलाई मेरुदण्डको रुपमा पनि हेरिन्छ । तर यस्ता सम्पदाको पुनर्निर्माणमा सम्बन्धित निकायको आखाँ अझै पुग्न सकेको छैन् । भूकम्प गएको ४ बर्ष वितिसक्दा पनि यस्ता सम्पदाहरु टेकोकै भरमा अडिएका छन् ।

पुननिर्माण हुन नसकेका विश्व सम्पदा सूचीमा रहेका यी सम्पदा क्षत्रको सरसफाई, शौचालयमा समेत ध्यान दिएको पाइएको छैन् ।

उपत्यकाको काठमाडौं दरवार क्षेत्र,पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, पशुपतिनाथ मन्दिर, बौद्धस्तुपा, स्वयम्भुनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्वसम्पदा सूचीमा सूचिकृत छन् । यस्ता सम्पदा लगायत अन्य पूर्वाधारलाई पनि विकासमा जोड दिन सदनमा पनि पटकपटक कुरा उठाइएको सांसदहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);