बजारमा पाईने खाद्य वस्तुमा मिसावट रोकिएन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बजारमा पाईने खाद्य वस्तुमा मिसावट रोकिएन

काठमाडौं, २० पुस । बजारमा सर्वसाधारण उपभोक्ताले खरीद गर्ने सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भएर जनस्वास्थयमा खेलवाड भईरहेको छ । यसरी दिनदहाडै बजारमा मिसावटयूक्त सामानको विक्रि भईरहदा पनि नियमनकारी निकाय भने मुकदर्शक बनेको छ ।

सामान्यतया हामी एउटा खानेकुरामा अर्को कुनै वस्तु मिसाउनुलाई खाद्य मिसावटका रूपमा बुझ्ने गर्दछौं । तर खाद्य ऐन २०२३ अनुसार यसको अर्थ फराकिलो छ । कुनै पदार्थ लेबलमा लेखिएको वा नेपाल सरकारले तोकेको अधिकतम सीमाभन्दा बढी वा न्यूनतम सीमाभन्दा कम रहेको, जसको पूरै वा कुनै भागमा फोहोर, कुहिएको, सडेको, दुर्गन्धीत भएको, अस्वस्थकर अवस्थामा प्रशोधन, प्याकेज, भण्डारण र वितरण गरिएको खाद्यलाई पनि मिसावटयुक्त भनि बुझिन्छ ।

बजारमा दाल, तेल, चामल, बेसार लगायत खाद्यान्नमा उस्तै देखिने अखाद्य बस्तु मिसाएर बेच्ने गरीन्छ । खाद्यान्न मिसावट भयो भनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा साउन देखी कार्तीकसम्म तेल, चामल र पानीमा ५० भन्दा माथि उजुरी परेको छ ।

खाद्यान्न कमसल र अस्वस्थ्य हुँदा नेपाल लगायत विश्वमै उच्च रक्तचाप मधुमेह र दिर्घ रोगको जोखिम बढेको छ । खाद्यान्न मिसावट र प्याकेट बन्ध बस्तुले गर्दा नेपालका शहरी क्षेत्रका नागरिकहरु बढी मारमा परेका छन् । बजारमा मिसावट गरी अखाद्य बस्तु विक्रिवितरण गर्नेलाई अनुगमन गरी कडा कार्वाहि गरीनुपर्ने उभोक्ता बताउँछन् ।

कानुनत् खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्नै पाईदैन । मिसावट गरी विक्री वितरण गरेको पाइएमा जरिवानादेखि जेल सजायसम्म हुने कानुनी व्यवस्था छ । तैपनि कमसल र मिसावटयुक्त अस्वस्थ्य खाद्यान्नका कारण जनस्वास्थ्यमा गम्भी खेलवाड भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);