स्वास्थ्य सेवा नपुगेको स्थानमा सेनाको स्वास्थ्य शिविर | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

स्वास्थ्य सेवा नपुगेको स्थानमा सेनाको स्वास्थ्य शिविर

sena swasthya

काठमाडौं, २० पुस । नेपाली सेनाले नागरिकसँगको सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने उद्देश्य सहित स्वास्थ्य सेवा नपुगेको स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । सेनाले गत मंसिर २७ देखि पुष ६ गते सम्म महोत्तरीको सोनमा गाउँपालिकामा पनि स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले शिविरमा ३४ हजार १ सय ७२ जनाको स्वास्थ्य उपचार गरीएको र ३ सय ३९ जनाको शल्यकृया गरिएको जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा १ सय ८० जना विषेशज्ञ चिकित्सकहरु र १ सय १० जना अन्य स्वास्थ्यकर्मीहरुले सेवा दिएको समेत उहाँले जानकारी दिनुभयो ।

नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य सेवा नपुगेका ठाउँहरुमा शिविर मार्फत स्वास्थ्य सेवा दिदै आएको जनाएको छ । जस अनुसार २०७४ सालमा १ सय ३३ स्थानमा, २०७५ मा २ सय ६४ स्थानमा र २०७६ को अहिले सम्म ८३ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ ।
sena swastha sibir

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);